Home » Blog » परिवर्तन र सुशासनको एजेन्डासहित हरि पन्त घरदैलोमा

परिवर्तन र सुशासनको एजेन्डासहित हरि पन्त घरदैलोमा

Ankushdaily
1 comment 6 views
विरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र पारेका छन्। वडा नम्बर ११ को श्रीपुर तथा वडा नम्बर १६ का नगवा, इनर्वा र फुलवारीलगायतका टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति र नाला व्यवस्थापनजस्ता आधारभूत समस्या समाधानका लागि ध्यानाकर्षण गराएपछि उम्मेदवार पन्तले विगतका नेतृत्वबाट हुन नसकेका काम आफूले परिणाममुखी ढङ्गले पूरा गर्ने आश्वासन दिएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पारदर्शितालाई मुख्य एजेन्डा बनाएका उनले राजनीतिलाई अवसरको रूपमा नभई परिवर्तनको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरे। अभियानका क्रममा महिलाहरूले सामाजिक सुरक्षा र युवा पुस्ताले सुशासनको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाएका थिए।
युवा, महिला र ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिताबाट उत्साहित बनेका पन्तले आफ्नो मत केवल व्यक्ति परिवर्तनका लागि मात्र नभई समग्र व्यवस्था सुधारका लागि प्रयोग गर्न मतदातालाई अपिल गरेका छन्। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा रास्वपाले आगामी दिनमा आफ्ना कार्यक्रमलाई थप सघन बनाउँदै लैजाने जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.