Home » Blog » पर्सा–१ का काँग्रेस उम्मेदवार रुंगटाले आज आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै

पर्सा–१ का काँग्रेस उम्मेदवार रुंगटाले आज आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै

Ankushdaily
0 comments 29 views
विरगंज ।
आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवार बनेका अनिल कुमार रुङ्गटाले बिहीबार आफ्नो चुनावी प्रतिवद्धता–पत्र (प्रतिज्ञापत्र) सार्वजनिक गर्दैछन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३, तेजारथ टोलस्थित आफ्नै सम्पर्क कार्यालयमा बिहान ११:३० बजे आयोजना हुने एक औपचारिक कार्यक्रमका बीच उनले आफ्नो प्रतिक्षापत्र सार्वजनिक गर्न लागेका हुन्। उक्त प्रतिवद्धता–पत्रमा मुख्यतया स्थानीय जनताका आधारभूत चाहना, निर्वाचन क्षेत्रको समग्र विकास र समृद्ध भविष्यको स्पष्ट खाका समेटिएको बताइएको छ।
राष्ट्रिय राजनीतिमा स्पष्ट दृष्टिकोण र विकासप्रति दृढ संकल्पसहित चुनावी मैदानमा होमिएका रुङ्गटाले यसै कार्यक्रममार्फत आफ्ना भावी योजना तथा मुख्य एजेन्डाहरू मतदातासामु प्रस्तुत गर्नेछन्। उम्मेदवार रुङ्गटाको सचिवालयले उक्त प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा उपस्थित भई समाचार सम्प्रेषण गरिदिन सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।

सम्बन्धित पोस्टहरू