Home » Blog » बसरुदिन अंसारीद्वारा चुनावी छलफल तथा भेटघाट शुरु

बसरुदिन अंसारीद्वारा चुनावी छलफल तथा भेटघाट शुरु

अंकुश दैनिक
0 comment 9 views

वीरगंज २४ जेठ,  नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले बीरगंजको परवानीपुर २१ मा स्थानियबासीहरुसंग चुनावी छलफल तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
वीरगंज महागरपालिकाका मेयरका उम्मेदवार अंसारीले यस क्षेत्रको गरिबि, असहाय, निमुखाका बालबालिकाहरुको शादी, बिवाहमा आफुले सक्दो सहयोग गर्ने बताउदै उहांले रोटि, कपडा, स्वास्थ्य, शिक्षा र रोजगारीको पूर्णरुपले व्यवस्था गरिदिने बताउनु भयो । अंसारीले आफु मेयरमा निर्वाचित भए पछि स्थानिय युवाहरुको लागि इन्जोय पार्क, खेलकुदको विकास, उच्चशिक्षा, बृद्धाश्रम, गरिबि न्युनिकरण, रोजगारीको व्यवस्था, नगरको सम्पूर्ण विकासमा आफ्नो पहिलो प्राथमिक्ता रहेको बताउनु भयो ।
नगरका उद्योगी व्यपारीहरुको लागि मजदुर, कर्मचारी र व्यवसायीहरुको लागि बन्द हडताल मुक्त क्षेत्र बनाउने दाबी गर्नु हुदै अंसारीले विद्यार्थीहरुको लागि पार्क, खेलकुद सम्पूर्ण शिक्षा यसै नगरीमा व्यवस्था गराई विदेशबाट विद्यार्थी तान्ने खालको शिक्षा दिइने बताउनु भयो ।
चुनावी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुदै स्थानिय चुनाव भनेको कुनै पार्टीको उम्मेदवारलाई नहेरी स्थानिय स्तरमा विकास प्रेमीहरुलाई आफ्नो अमुल्य मत दिनका लागि आग्रह गर्नु हुदै वीरगंज महानगरलाई नेपालकै नमुना शहर बनाउनेमा प्रतिबद्धता जनाउनु भएको थियो ।
छलफल तथा घरदैलो कार्यक्रममा शेख जयसुल्ला, पप्पु सिंह, दिलिप साह, कासिम अंसारी, हाकिम अंसारी, शेख नुर आलम, नवसाद मिया, शेराज अहमद लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.