Home » Blog » खिलाफत दिवस मनाईयो

खिलाफत दिवस मनाईयो

अंकुश दैनिक
0 comment 7 views

वीरगंज, २८ जेष्ठ ।  मुस्लिमहरुको अहमदिया संघ नेपाल पर्साले एक विशेष कार्यक्रमका बिच खिलाफत दिवस मनाएको जनाइएको छ ।
पर्साको बिन्दवासनी गाउ“पालिका वडा नं. ५ प्रसौनीभाटामा रमदानको विशेष अवसरमा आयोजित कार्यक्रममा इस्लामलाई बलियो र मुसलमानको कमी कमजोरी हटाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । पहिलो नबि मिर्जा गुलाम अहमद कादीयानीको मृत्यु २६ मे १९०८ मा भएको बेला देखि २७ मे १९०८ मा यो दिवस मनाउदै आएको सो अवसरमा जनाइएको थियो । सो अवसरमा अहमदिया संघका मिसनेरी ईन्चार्ज पर्सा, बाराका मिर अब्दुल हफिज, सदर अनसारुलाह नेपालका पिर अहमद, पर्सा जिल्लाका युवा अध्यक्ष मोइन अहमद लगायत विद्यार्थी तथा स्थानियबासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.