Home » Blog » वैध र केडिया उद्योग वाणिज्य महासङ्घको दुई नम्बर प्रदेश निर्विरोध

वैध र केडिया उद्योग वाणिज्य महासङ्घको दुई नम्बर प्रदेश निर्विरोध

अंकुश दैनिक
0 comment 6 views

बीरगंज, २८ जेष्ठ ।  नेपाल उद्योग वाणिज्य महासङ्घको दुई नम्बर प्रदेशको शनिवार बसेको प्रथम सभाबाट वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध उपाध्यक्षमा तथा निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया कार्यकारिणी सदस्यमा निर्विरोध निर्वाचित भएका जनाइएको छ ।
त्यस्तै महासङ्घको अध्यक्षमा शिवशंकर साहअध्यक्षमा सर्वसहमतिले चयन भएका हुन् ।
साह जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । अर्को उपाध्यक्षमा लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार अग्रवाल तथा कोषाध्यक्षमा जलेश्वर उद्योग वाणिज्य सङ्घका कृपाशंकर साह चयन भएको बीरगंज उधोग वाणिज्य संघले जनाएको छ ।
त्यसतै जनाइए अनुसार अन्य सदस्यहरुमा रामनगर मिर्चैया उद्योग वाणिज्य सङ्घका हरिशंकर साह, गौशाला उद्योग वाणिज्य सङ्घका राजाराम गिरी, मलंगवा उद्योग वाणिज्य सङ्घका हरिशंकरप्रसाद साह, बारा उद्योग वाणिज्य सङ्घका विनोदकुमार बरै, सिरहा उद्योग वाणिज्य सङ्घका सञ्जयकुमार महासेठ र धनुषाको मोहनप्रसाद गुप्ता चयन भएको जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.