Home » Blog » पर्सामा अबैध मदिरा भठ्ठि नष्ट गर्ने अभियान सुरु

पर्सामा अबैध मदिरा भठ्ठि नष्ट गर्ने अभियान सुरु

अंकुश दैनिक
0 comment 8 views

बिजय चौहान
वीरगन्ज,२८ जेठ ।  स्थानिय तह दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न पर्सा प्रहरीले जिल्लामा अबैध मदिरा विक्री वितरण तथा उत्पादनलाई नियन्त्रण गर्ने अभियान नै चलाएको छ । जिल्लामा रहेका एक महानगरपालिका , एक नगरपालिका र ११ गाउपालिकामा प्रहरीले अबैध मदिरा भठ्ठि नष्ट गर्ने अभियान संचालन गरेको हो । जिल्लाको ग्रामिण तथा वन क्षेत्रसंग जोडिएका गा“उमा संचालित रहेका मदिरा भठ्ठिले शान्ति सुरक्षामा चुनौति थप्न सकिने र स्थानिय तह निर्वाचनका उम्मेदवारले मतदातालाई प्रभावमा पार्न मदिराको प्रयोग गर्न सकिने सम्भावनालाई दृष्टिगत गर्दै अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहा“ले अभियान सुरु गरेकै दुई सप्ताहमा जिल्लाको विभिन्न स्थानमा संचालित रहेको २० वटा भन्दा बढी मदिरा भठ्ठि नष्ट गर्नुको साथै मदिराको कच्चा पदार्थ चार हजार लिटर र करिब पा“च सय लिटर तयारी मदिरा बरामद गरी नष्ट गरिएको बताउनु भयो ।
पर्सा जिल्लाको पश्चिमी सिमानाको रुपमा रहेको ठोरी तथा सुवर्णपुर देखी वीरगन्ज महानगरपालिका र उत्तरमा रहेको वन क्षेत्रसंग जोडिएको झबराहा गा“उमा समेत छापामारीगरी मदिरा भठ्ठि नष्ट गरिएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । उहा“ले जिल्ला प्रहरी कार्यालय पर्साले संचालन गरेको अभियान अन्तरगत पर्साको सुर्वणपुरमा मात्र संचालित रहेको १३ वटा मदिरा भठ्ठिलाई दुई पटकमा नष्ट गर्नुको साथै पर्साको बेलवा गा“उपालिकाको चोर्नीमा संचालित मदिरा भठ्ठि १, बहुअर्वाभाठामा संचालित मदिरा भठ्ठि २, महानगरपालिकामा संचालित ४ मदिरा भठ्ठिलाई नष्ट गरीएको बताउनु भयो ।
भारतसंग सिमाना जोडिएका नेपाली गा“उहरुमा संचालित रहेको अबैध मदिरा भठ्ठिका कारण सबै भन्दा बढी सुरक्षा चुनौती थपिएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । विहार सरकारले मदिरा विक्री वितरण तथा सेवनमा समेत प्रतिबन्ध लगाएपछि मदिरा सेवन गर्न सिमावर्ती नेपाली गा“उमा आउने भारतीय नागरिक मदिरा सेवन गरेपछि झै–झगडा गर्नुको साथै महिलासंग समेत दुब्र्यवहार गर्दै आएको गुनासो आएपछि सिमावर्ती गा“उहरुमा संचालित मदिरा भठ्ठिहरुलाई नष्ट गर्ने कार्यलाई तिव्रता दिइएको प्रवक्ता जोशीको भनाई रहेको छ । उहा“ले भारतबाट मदिरा सेवन गर्न आउने भारतीय नागरिकबाट निर्वाचनका बेला बढी सुरक्षा चुनौति रहेकाले सिमाक्षेत्रमा विशेष निगरानी समेत बढाएको बताउनु भयो ।
मदिरा भठ्ठिलाई नष्ट गर्न प्रहरीले चलाएको अभियानलाई जिल्लाका महिलाहरुले स्वागत गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.