Home » Blog » एमालेको ग्रेनडिजाईनमा फसाउने षड्यन्त्र भएको युवा फोरमको आरोप

एमालेको ग्रेनडिजाईनमा फसाउने षड्यन्त्र भएको युवा फोरमको आरोप

अंकुश दैनिक
0 comment 5 views

बिजय चौहान
वीरगन्ज, २८ जेठ ।  सङ्घीय समाजवादी फोरम नेपाल निकट युवा फोरमले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सालाई ज्ञापन पत्र बुझाएको छ । समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष शेख जलसुद्दिनले पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई ज्ञापन पत्र बुझाउदै पार्टीका निर्दोष कार्यकर्तालाई एमाले पार्टीको ग्रेनडिजाईनमा नेपाल पत्रकार महाङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले फसाउने प्रयास गरेकाले त्यसबाट सचेत भई घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
अध्यक्ष जलसुद्दिनले बुझाएको ज्ञापन पत्रमा एमालेको सुनयोजित षड्यन्त्र अन्तरगत एमालेको भातृसङ्गठन प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीलाई दुब्र्यवहार गरेको निहुमा फोरमका कार्यकर्तालाई फसाउने काम महाङ्सघ पर्साले गरेको उल्लेख गरिएको छ ।
मधेस विरोध विचार, मधेशीलाई भ्रममा पार्ने सन्देश तथा मधेसी जनता प्रति सधै अपमान जनक टिप्पणी गर्ने गरेको प्रमाण सुरक्षित रहेको विज्ञप्तीमा जनाइएको छ । समाजिक संजालमा तिवारीले मधेसीलाई भ्रमित पार्ने सन्देश प्रवाह गर्ने मधेसी प्रति आपत्तिजनक टिप्पणी गर्ने प्रमाण ज्ञापन सहित जिल्ला प्रशासन कार्यालयमा बुझाएकाले एमालेको षड्यन्त्रमा नपरि घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रजिअ पौडेलले घटना वारे सत्य तथ्य छानविन गर्न प्रहरीलाई निर्देशन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.