Home » Blog » पत्रकार महासङ्घ पर्साद्वारा आन्दोनको घोषणा

पत्रकार महासङ्घ पर्साद्वारा आन्दोनको घोषणा

अंकुश दैनिक
0 comment 5 views

वीरगन्ज, २८ जेठ ।  संचारकर्मीमाथि दुब्र्यवहार गर्ने दोषिलाई कार्यवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आन्दोलनको घोषणा गरेको छ । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले आज पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।
महासङ्घ पर्साका अध्यक्ष बन्जाराले निमित्त प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाउदै नेपाल पत्रकार महासङ्घ पर्सा शाखा उपाध्यक्ष एवम प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी माथि दुब्र्यवहार गर्नेको नाममा किटानी जाहेरी दिएपनि प्रहरीले दोषीलाई हालसम्म पक्राउ गरी कार्यवाही नगरेकाले जेठ २९ गते सोमबार विहान ११ बजे देखी १ बजे सम्म वीरगन्जको घण्टाघर चोकमा रिले अनशन बस्ने जानकारी दिनु भयो ।
उहा“ले संचारकर्मीहरुको एक दिने अनशनलाई बेवास्ता गर्दै दोषिलाई जोगाउने प्रयास गरे सोपछि पर्सा भरीकै संचारकर्मी अमरण अनशनमा बस्ने चेतावनी दिनु भएको छ ।
महासङ्घले बुझाएको ज्ञापन पत्र बुझदै निमित्त प्रजिअ पौडेलले घटना वारे जिल्ला प्रहरी कार्यालय पर्सासंग बुझ्ने बताउनु भयो ।
गत २२ गते राती वीरगन्जको छपकैया स्थित एक खाजा पसलमा उपाध्यक्ष तिवारीलाई वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु रा“की र कृष्णा चौरसियाले कालोमोसो दली दुब्र्यवहार गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.