Home » Blog » नेशनल मेडिकल कलेजमा ब्रेन हैम्ब्रेजको सफल अप्रेशन

नेशनल मेडिकल कलेजमा ब्रेन हैम्ब्रेजको सफल अप्रेशन

अंकुश दैनिक
0 comment 13 views

वीरगंज, २९ जेठ ।  नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगंजमा एक ६५ वर्षिय बृद्धको बरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु प्रसाद पटेलले सफल रुपमा ब्रेन हैम्ब्रेजको अप्रेशन गर्नु भएको छ ।
पर्साका जितपुर परसवाका ६५ वर्षिय बृद्ध पूर्णवासी चौधरीको टाउकोमा रगत जमि ब्रेन हैम्ब्रेज भएकोमा वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार्थ आउदा बरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु प्रसाद पटेलले सफल रुपमा अप्रेशन गर्नु भएको छ । हाल बिरामी चौधरीको अवस्था एकदमै ठिक रहेको र उनलाई एक दुई दिनमै डिस्चार्ज गर्ने समेत डा. पटेलले जानकारी दिनु भयो ।
त्यसैगरी पर्साको खजुरिया २ बस्ने २८ वर्षिय मनोज साहको पनि टाउकोमा गम्भिर चोट लागि टाउकोमा रगत जमेकोले शरिरको एक भाग प्यारालाइसिस जस्तो भएको र अस्पतालका न्युरो सर्जन डा. श्यामबाबु पटेलले सफल रुपमा अप्रेशन गरे पछि उनको अवस्था ठिक रहेको जनाइएको छ । अप्रेशनमा डा. पटेल संगै डा. चन्द्रमोहन साह, डा. राज कुमार लगायतले सहयोग पु¥याउनु भएको कलेजका प्रवक्ता शेराज अहमदले अंकुशलाई जानकारी दिनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.