Home » Blog » बालश्रम विरुद्धको विश्वदिवस मनाईयो

बालश्रम विरुद्धको विश्वदिवस मनाईयो

अंकुश दैनिक
0 comment 5 views

वीरगंज,२९ जेठ ।  बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा पर्सा जिल्लाका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा युएसआर्ईडी नेपाल, युनिसेफ र रेस्टलेस डेभलपमेन्ट नेपालको सहयोगमा एनजीओसिसी पर्साले जिल्लामा संचालन गरेको सम्भव शुन्य सहनशिलताःलैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम अन्तर्गत ने.रा.आधारभुत विद्यालय बेल्वा प्रसौनी, शशिधर कृष्ण आधारभुत विद्यालय बनकटवा, ने.रा.माध्यमिक विद्यालय सेढवा र कोईलाभार आधारभुत विद्यालय बागवानामा बालश्रम रोकथामका उपाय र कानुनी व्यवस्था सम्बन्धी अन्तरक्रिया आयोजना गरिएको हो ।
चारवटा विद्यालयमा अन्तर्रक्रियामा शिक्षक, विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बालश्रम बारे बृहत छलफल तथा रोकथाम गर्ने उपायहरु, सो सम्बन्धी कानुनी व्यवस्था र नेपालमा बालश्रमको अवस्थाबारे सहभागीहरुलाई जानकारी गराईएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.