Home » Blog » जिल्ला प्रशासनका कर्मचारी रकम असुल्दै

जिल्ला प्रशासनका कर्मचारी रकम असुल्दै

अंकुश दैनिक
0 comment 3 views

वीरगंज, ३० जेष्ठ ।  जिल्ला प्रशासन कार्यालय पर्साका नासु नन्दकिशोर कण्ठले सेवाग्राहीसंग दुई देखि पा“च सय रुपैया सम्म अनैतिक रुपमा असुल्दै आएका भुक्त भोगीहरुले बताएका छन् ।
पर्सा जिल्लाका ग्रामिण क्षेत्रबाट आउने सेवाग्राहीहरुको विभिन्न किसिमको सिफारिस, सुचना प्रकाशित गरेको चिठ्ठी लेखाउन जा“दा नासु कण्ठले भोली आउनुस भनेर पठाउने गरेको र आजै गराउन परे “नास्ता पानीको” व्यवस्था गर्न माग गरेको एक जना भुक्त भोगीले बताएका छन् । यदि सूचना टा“स गरेको चिठ्ठी रहेको छ भने भोली जा“दा ‘हामीले चिठ्ठी मालपोत पठाइसकेका छौ त्यही जानुस’ भनेर आम सेवाग्राहीहरुलाई दुःख दिने गरेका छन् । पछि चिठ्ठी मालपोत नपुगेको गुनासो गर्दा त्यहीकै कर्मचारीलाई हराएको हुनसक्ने गैर जिम्मेवार अभिव्यक्ति दिने गरेको बेल्वा गाउ“पालिका वडा नं.४ का एक जना सेवा ग्राहीलाई बताएका छन् । यसअघि गाविस सचिव रहेका निज नासु कण्ठलाई तत्कालिन गाविस रामगढवाको सचिव रहेको बखत सेवाग्राहीलाई दुःख दिने गरेको कारण स्थानीयहरु कालोमोसो दल्ने गरेको तयारी गरेपछि निज नासु कण्ठ त्यहाबाट फरार भएका थिए ।
पर्साका प्रजिअ केशवराज घिमिरेले पर्सामा भ्रष्टाचार हुन नदिने दावी गरिरहेकै बेला उनकै कार्यालय मातहतमा रहेका नासु कण्ठले खुलेयाम घुसखोरी गरिरहेको देख्दा प्रजिअको नियतमाथि शंका उत्पन्न भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.