Home » Blog » पत्रकारसंग सार्वजनिक रुपमा क्षमा याचना

पत्रकारसंग सार्वजनिक रुपमा क्षमा याचना

अंकुश दैनिक
0 comment 4 views

बीरगन्ज, ३० जेष्ठ ।  नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीमाथि आक्रमण गर्ने दोषीहरु माथि कार्यवाही गर्ने माग बढ्न थाले पछि दोषीहरु आज पत्रकार महासंघको भवनमा पुगी पसेर्ली पत्रकारहरु समझ सार्वजनिक रुपमा माफी मागेका छन् ।
मंगलवार विहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा भएको कार्यक्रममा फोरम नेपाल निकटको युवा संगठनका कार्यकर्ताहरु सुजित गिरी ,एजाजबाबु राकी , र कृष्णा चौरसियाले गल्ती स्विकार्य गर्दै सार्वजनिकरुप मै क्षमा याचना गरेका हुन् । दोषीहरुले सार्वजनिक रुपमा क्षमा याचना गरेपछि महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको सचिव युवराज खड्काले जानकारी दिनुभयो । यससंगै यो काण्ड यही साम्य भएको छ ।
सो अवसरमा संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले अगामी दिनमा यस्ता घटना हुन नदिन आफ्ना कार्यकर्ताहरुलाई जिम्मेवार बनाई पत्रकार र राजनीतिक दलका नेता वीचको सम्बन्ध सुमधुर बनाउन आफु निरन्तर लागि रहने प्रतिबद्धता यादवले व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, पार्षद ध्रुव साह, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान , प्रेस सेण्टरका पर्सा अध्यक्ष निजर पिठाकोठे मगर , प्रेस सोसाइटीका छठु साह लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.