Home » Blog » राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी – गच्छदार

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी – गच्छदार

अंकुश दैनिक
0 comment 10 views

विराटनगर  । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ ।

निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले भन्नुभयो – “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।”

उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता प्रकट गरेको अवस्थामा दोस्रो चरणअन्तर्गत असार १४ गते हुने ४३ जिल्लामध्येका ११ जिल्लाको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गराउन सकिने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो. ।

मुलुकलाई द्वन्द्वतिर धकेल्नुभन्दा केही समय लिएर भएपनि समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउनतर्फ सबै दल एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लोकतान्त्रिक फोरम नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले पार्टीका जिल्ला समितिलाई स्थानीयस्तरमा अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय लिने अधिकार प्रदान गरिएको बताउँदै विराटनगर महानगरपालिकाको उम्मेदवारका नामावली भोलि सम्ममा सार्वजनिक गरिने जानकारी दिनुभयो । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.