Home » Blog » राजपा नेपालले आह्वान गरेको बन्दको कारण पर्साको जन जिवन प्रभावित

राजपा नेपालले आह्वान गरेको बन्दको कारण पर्साको जन जिवन प्रभावित

अंकुश दैनिक
0 comment 6 views

वीरगन्ज,३१ जेठ ।  राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आह्वान गरेको बन्दको प्रभाव पर्सा जिल्लामा परेको छ । राजपा नेपालले आह्वान गरेको चार दिने बन्दको बुधबार दोस्रो दिन विहानै देखी वीगन्जको चौक चौकमा टायर वाली आन्दोलनकारी प्रदर्शन गरेका छन् भने यातायात साधन संचालनमा रोक लगाएका छन् ।
संविधान सशोधन पछि मात्र स्थानिय तह निर्वाचन गर्न माग राख्दै राजपा नेपालले आह्वान गरेको बन्दलाई सफल बनाउन पार्टी पर्साका नेता कार्यकर्ताहरु विहानै देखी वीरगन्जको घण्टाघर, मुर्ली, श्रीपुर, गण्डक, माइस्थान विर्ता, छपकैया, नगवा, इनर्वा, बहुवरी, पावरहाउस लगायतका स्थानमा टायरबाली सार्वजनिक तथा निजी वाहन संचालनमा रोक लगाएका छन् ।
विहानै देखी राजपाका नेता कार्यकर्ता टायरवाली प्रदर्शनमा उत्रीएको कारण वीरगन्ज बजार पुर्ण रुपमा बन्द रहेको छ भने जिल्लामा रहेको शैक्षिक संस्था, उद्योग बैंक तथा वित्तिय संस्था समेत बन्द रहेका छन् ।
वीरगन्जबाट मुलुकको विभिन्न स्थानकालागि संचालन हुने यात्रुवाहक सवारी साधन आन्दोलनका कारण संचालनमा आउन सेकेको छैन ।
यातायातका साधन सन्चालनमा नआएपछि भारतबाट वीरगन्ज नाका हुदै नेपाल प्रवेश गरेको सयकडौ यात्रु वीरगन्जको नया“ बस पार्कमा अलपत्र परेका छन् ।
बन्द आह्वान कर्ताले प्रेस, एम्बुलेन्स, कुटनितिक नियोग, बारुणयन्त्र, जन्ती बोकेको वाहन, दुधको वाहन, साईकल, मोटरसाइकललाई संचालनका कुनै रोक लगाएका छैनन् भने होटल, औषधी पसललाई समेत संचालन गर्न दिएका छन् ।
बन्दका क्रममा हुने सम्भावित धन जनको क्षतीलाई रोक्न स्थानिय प्रशासनले वीरगन्जमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.