Home » Blog » राजपाको वीरगन्जमा लाठि जुलुश

राजपाको वीरगन्जमा लाठि जुलुश

अंकुश दैनिक
0 comment 10 views

वीरगन्ज  ।
संविधान संशोधनको माग गर्दै आज राष्टिूय जनता पार्टी नेपालका नेता कार्यकर्ताले वीरगन्जमा लाठि जुलुश निकालेका छन् । वीरगन्जको घण्टाघरबाट राजपा नेपाल पर्साका नेता कार्यकर्ताहरुले लाठि जुलुश निकालेका हुन । राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तमलाल झाको नेतृत्वमा घण्टाघर चोकबाट निकालिएको लाठि जुलुश माइस्थान, महाविरस्थान आदर्शनगर, घडिअर्वा हुदै पुन: घण्टाघरचोकमै पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्ला संयोजक झाले राजपा नेपालले आह्वान गरेको चार दिने तराई मधेस बन्दलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उहाँले केन्द्रको निर्देशन अनुसार आह्वान गरिएको बन्दी आज सम्पन्न भइएको घोषणा गर्नुभयो ।
केन्द्रले आह्वान गरेको पहिलो चरणको आन्दोलन सफलतापुर्वक सम्पन्न भएको दावी गर्दै अर्को आन्दोलनको कार्यक्रम केन्द्रले घोषणा गरे सोलाई सफल बनाउन समेत सर्वसाधारणलाई नेता झाले आग्रह गर्नु भयो । कोणसभालाई सहजिकरण राजपा नेपाल पर्साका जिल्ला सदस्य रंजन मिश्राले गर्नु भएको थियो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.