Home » Blog » लागु औषध ईन्जेक्शन सहित दुई जना पक्राउ

लागु औषध ईन्जेक्शन सहित दुई जना पक्राउ

अंकुश दैनिक
0 comment 7 views

बीरगंज, ३ असार ।  लागू औषध सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगंजको टोलीले पक्राउ गरेको छ ।
रक्सौलबाट बीरगंज आउदै गरेको निजगढ नगरपालिका वडा नं. ८ का गुडराज पराजुली र हेटौडा १५ बस्ने संतोष रेग्मीलाई लागू औषध ईन्जेक्शन फेनारगन २६ थान, डाईजेल्याब २६ थान र नुफिन २६ थान गरि जम्मा ७८ थान सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । पक्राउ गरिएको ब्यक्तिहरुलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रवक्ता जोशीले बताउनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.