Home » Blog » क्षतीपूर्तीको माग गर्दै सुख्खा बन्दरगाको मुल गेट अवरुद्ध

क्षतीपूर्तीको माग गर्दै सुख्खा बन्दरगाको मुल गेट अवरुद्ध

अंकुश दैनिक
0 comment 11 views

बिजय चौहान
बीरगंज, ५ असार । रेल सुविधा सम्पन्न नेपालकै एक मात्र वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाहको काम कार्यवाही आईतवार राति १० बजे देखी ठप्प भएको छ । विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतीपुर्तीको माग गर्दै बन्दरगाहको मुल गेट नै अवरुद्ध गरेपछि काम कार्यवाही ठप्प भएको हो ।
बन्दरगाहको लोडिङ्ग अनलोडिङ्ग यार्डमा काम गर्ने वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १८ सौराहा निवासी वर्ष ३५ का राजकिशोर साहको आइतबार राती विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो ।
मजदुर साहलाई शौच गर्न गएको बेला विषालु सर्पले टोक्दा उनी गम्भिर रुपले विरामी भएपछि उनलाई उपचारको लागि वीरगन्जको नारायणी उप–क्षेत्रिय अस्पतालमा भर्ना गराइएको र उनको उपचार कै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्र्चाज ऋषी कुमार ढु·ानाले जानकारी दिनुभयो ।
सर्पको डसाईबाट मृत्यु भएका मजदुर साहका आफन्तले गएराती १० बजे देखी नै बन्दगाहको मुल गेटमा शव राखी प्रर्दशन गरेकाले बन्दगाहबाट हुने मालबस्तुको ढुवानी कार्य अवरुद्ध भएको सुख्खा बन्दगाह संचालक कम्पनी हिमालय टर्मिनलले जनाएको छ ।
छोरोकै कमाईबाट परिवारको खर्च चल्ने गरेको र उनकै मृत्यु भएपछि पुरै परिवार नै भोकै मर्ने अवस्था उत्पन्न भएको मृतक राजकिशोरका पिता रामचन्द्र साहले बताउनु भयो । दुई छोरी, श्रीमती र माता पितालाई पाल्दै आएका राजकिशोरको मृत्यु भएपछि पुरै परिवार नै भोकै मर्न अवस्था सिर्जना भएकाले मृतका आश्रित परिवारको भरणपोषणका लागि बन्दरगाह संचालक कम्पनीले उचित क्षती पुर्ती दिनु पर्ने पिडित पक्षको माग रहेको छ ।
यसै बीच मृतकका आश्रित परिवारलाई क्षतीपूर्ती दिने सहमति भएपछि अवरुद्ध रहेको वीरगन्ज सिर्सिया सुख्खा बन्दरगाह १५ घण्टापछि संचालनमा आएको छ ।
विभिन्न राजनीतिक पार्टीका प्रतिनिधी, हिमालयन टर्मिनलका अधिकारी र मृतकका परिवारजन बीच सोमवार दिउसो भएकोे छलफलमा मृतकका आश्रित परिवारलाई पा“च लाख २५ हजार रुपैया क्षतीपूर्ती दिने सहमति भएपछि सुख्खा बन्दगाहको मुल गेटमा गरिएको अवरोध हटेको हो । विषालु सर्पको डसाइबाट मृत्यु भएका वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १८ सौराहा निवासी वर्ष ३५ का राजकिशोर साहका आश्रित परिवारलाई पा“च लाख २५ हजार रुपैया क्षतीपूर्ती दिने ,मृतकको शवलाई पोष्टमार्टम गराउने सहमती भएपछि गएराती १० बजे देखी अवरुद्ध गरिएको बन्दरगाहको मुल गेट आज दिउसो १ बजेपछि खुल्ला भएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्र्चाज प्रहरी निरीक्षक ऋषी ढु·ांनाले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.