Home » Blog » सांसद नेजमा खातुनद्वारा सहकारी भवनको निरिक्षण

सांसद नेजमा खातुनद्वारा सहकारी भवनको निरिक्षण

अंकुश दैनिक
0 comment 16 views

मनोज साह
जितपुर बारा, ७ असार ।  बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा निर्माणाधिन सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको निरिक्षण गर्नुभएको छ । माननीय सभासद नेजमा खातुनले संसदीय कोषको सहयोगबाट निर्माणाधिन भवनको निरिक्षण गर्नुभएको हो । भवन निर्माणको लागि सभासद खातुनले रू दश लाख सहयोग गरेका हुन् । पा“च धुर जग्गामा चार कोठे भवन निर्माणको लागि सहयोग गर्नुभएकोले सम्पूर्ण सहकारीको महिला समूह उत्साहित देखिएका थिए।महिलाहरुद्वारा समाजमा उदाहरणीय कार्य गरिरहेको हुनाले सबै मिली अगाडी बढाउन उत्साह हुनु पर्ने नेतृ खातुनले बताउनुभयो । निरिक्षण कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय सचिव मोबिन आलम, सगरमाथा बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष सीता उप्रेती लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.