Home » Blog » मलेसिया बाढी : हजारौं मानिसले छाडे घर

मलेसिया बाढी : हजारौं मानिसले छाडे घर

अंकुश दैनिक
0 comments 5 views

काठमाडौं, १८ पुस

मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् ।

सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ।

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ ।

तस्बिर : रोयटर्स

सम्बन्धित पोस्टहरू