Home » Blog » ६४ किलोमिटर लामो रुसी सेनाको झुण्ड युक्रेनको राजधानीमा घुस्दै

६४ किलोमिटर लामो रुसी सेनाको झुण्ड युक्रेनको राजधानीमा घुस्दै

अंकुश दैनिक
0 comments 5 views

काठमाडौं ।

रुसी सेना, हातहतियार, ट्यांक्सलगायतको करिब ६४ किलोमिटर लामो लाइन युक्रेनको राजधानी किभतिर गइरहेको स्याटेलाइटबाट खिचिएका तस्बिरहरुलेले देखाएको छ ।

यसअघि करिब २७ किलोमिटर मात्रै लामो हुनसक्ने भनिएको उक्त लाइन ६४ किलोमिटर (४० माइल)लामो रहेको पाइएको हो ।

यो १७ माइल भन्दा धेरै लामो छ जुन प्रारम्भिक रूपमा आज बिहान रिपोर्ट गरिएको थियो।

म्याक्सर टेक्नोलोजिज कम्पनीको भुउपग्रह (स्याटेलाइट) ले खिचेको तस्बीरमा रुसी सेनाहरु यसरी राजधानी किभमा प्रवेश गरिरहेको देखाएको हो ।

तस्बीरमा देखिए अनुसार सडका केही भागमा केही सवारीसाधनहरू धेरै टाढा हुँदै गुडिरहेका छन् भने, कतै दुई वा तीनवटा सवारीसाधनसँगसँगै गुडिरहेका छन्।

रुसी सेनाले किभ र दोस्रो ठूलो सहर खर्किभलगायतका सहरहरुमा आक्रमण गरिरहे पनि अहिलेसम्म आफुहरुकै नियन्त्रणमा रहेको युक्रेनी सेनाले जनाएको छ ।

कतिपयले केही दिनअघि रुस र बेलारुसले सैन्य अभ्यास गर्ने भन्दै जमा गरेका सेना र हातहतियार अहिले युक्रेनतर्फ आइरहेको अनुमान गरेका छन् ।

सम्बन्धित पोस्टहरू