Home » Blog » रुस युक्रेन युद्ध असर : कच्चा तेलको मूल्य १११ डलर नाघ्यो

रुस युक्रेन युद्ध असर : कच्चा तेलको मूल्य १११ डलर नाघ्यो

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी रुस युक्रेनयुद्धको प्रभााव विश्वव्यापी अर्थतन्त्रमा समेत देखिन थालेको छ । ओएल प्राइसका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १११ अमेरिकी डलर नाघेको छ । जुन सन् २०१४ को जुनयताकै उच्च हो ।

यस्तै डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि बढेर १०९ डलर प्रति ब्यारेल नाघेको छ । रुसले युक्रेनमाथिको आक्रमणलाई झनै सशक्त बनाउँदै लगेको छ । रुसी सेनाले दक्षिणी युक्रेनी सहर खेरसन आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यस्तै रुसले किभ र खर्किभमा समेत हवाइ आक्रमण जारी राखेको छ ।

युक्रेनले हालसम्म ५ हजार ८ सय ४० रुसी सेना मारिएको दाबी गरेको छ ।

सम्बन्धित पोस्टहरू