Home » Blog » पञ्जाबमा आम आदमीको विजय निश्चित

पञ्जाबमा आम आदमीको विजय निश्चित

अंकुश दैनिक
0 comments 71 views

एजेन्सी

एक वर्षदेखि किसान आन्दोलनका कारण चर्चामा रहेको पञ्जाबले चुनावी तह पार गरेको छ । चुनावअघि मुख्यमन्त्रीलाई निष्कासन र त्यसपछि गुरु ग्रन्थ साहिबको अपमान गरेको समाचारमा पनि रह्यो। तर, आज यी बाहेकको चर्चा चुनावी नतिजाको हो । प्रारम्भिक प्रवृत्तिबाट हेर्दा न चरणजीत चन्नीले चमत्कार देखाउन सकेका छन् न कप्तान अमरिंदर सिंहले । मात्र मानको सम्मान बढेको देखिन्छ ।

वैकल्पिक राजनीति थालेकाे आम आदमी पार्टीले पञ्जाबमा पनि दिल्लीको सफलता दोहोराएको छ । पार्टीले बहुमतको आँकडा पनि पार गरिसकेको छ । दोस्रो नम्बरका लागि कांग्रेस र अकाली दलबीच प्रतिस्पर्धा भएपनि दुवै मिलेर आपको वरिपरि पुग्ने देखिँदैन ।

पन्जाब विधान सभा ११७ सिटमध्ये ८८ मा आपका उम्मेदवार अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले दुई तिहाइ बहुमत ल्याउने देखिएको छ। पन्जाबमा आपले बहुमत ल्याए भागवन्त मान मुख्यमन्त्री बन्नेछन्। मतगणना जारी छ।

सम्बन्धित पोस्टहरू