Home » Blog » १३२ यात्री बोकेर उडेको चाइना इस्टर्नको विमान दुर्घटना

१३२ यात्री बोकेर उडेको चाइना इस्टर्नको विमान दुर्घटना

अंकुश दैनिक
0 comments 5 views

काठमाडौं। चीनमा सोमबार ठूलो विमान दुर्घटना भएको छ । १३२ जना यात्रुहरुलाई लिएर गइरहेको चाइना इस्टर्न प्यासेन्जर जेट विमान ग्यांगशीमा दुर्घटना भएको छ । जुन पहाडमा यो विमान दुर्घटना भएको छ त्यहााका केही तस्वीर सार्वजनिक भएका छन् । पहाडबाट धुवाँ उडिरहेको देखिएको छ । यो दुर्घटनामा कति यात्री मारिए भन्ने स्पष्ट छैन ।

दुर्घटनास्थलका तस्वीर हेरेर ठूलो संख्यामा यात्रीहरुको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । रिपोटृका अनुसार यात्रीहरुलाई लिएर गइरहेको यो विमान बोइङ ७३७ मोडलको हो । यो मोडलका विमान पहिले पनि कैयौं पटक दुर्घटना भइसकेका छन् ।

सम्बन्धित पोस्टहरू