Home » Blog » श्रीलङ्कामा लोडसेडिङ अझै बढ्ने

श्रीलङ्कामा लोडसेडिङ अझै बढ्ने

अंकुश दैनिक
0 comments 9 views

कोलम्बो।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको  श्रीलङ्कामा विद्युत् कटौतीको समय अझै बढ्ने भएको छ। सरकारी अधिकारीहरूले विद्युत् कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिवारदेखि विद्युत् कटौतीको समय बढेको जानकारी दिएका हुन्। अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म बिजुली कटौती हुने भएको छ । रातिको समयमा भने बिजुली कटौती नगर्ने तालिका बनाइएको छ।

यसअघिको तालिकाभन्दा दुई घण्टा बढी बिजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रवार जनाएका छन्। श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ।

बस्तु तथा सेवाको अभाव र मूल्य वृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ। अभाव, मूल्य वृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालीन सबै मन्त्रीहरूले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरू नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ।

आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्य मन्त्रालयले कतिपय औषधीहरूको समेत अभाव भएको जनाएको छ।

सम्बन्धित पोस्टहरू