Home » Blog » श्रीलंकालाई सहयोग गर्ने विषयमा भारतको एकजुट समर्थन

श्रीलंकालाई सहयोग गर्ने विषयमा भारतको एकजुट समर्थन

अंकुश दैनिक
0 comments 3 views

यितेन्द्र शर्मा
संकटको अवस्थामा गुज्रिरहेको छिमेकी राष्ट्र श्रीलंकालाई सहयोग गर्नु आवश्यक रहेको विषयमा भारतका राजनीतिक दलहरुको एकजुट समर्थन देखिएको छ । हालै समपन्न भारतको संसदको सल्लाहकार समितिको बैठकमा त्यहाँका राजनीतिक दलहरुले छिमेकी राष्ट्र श्रीलंकालाई वर्तमानको गम्भिर संकटबाट बाहिर आउनमा भारतको समर्थन आवश्यक रहेकोमा एकजुट देखिए । बैठकको अध्यक्षता गरिरहेका भारतका विदेशमन्त्री एस. जयशंकरले बैठकमा श्रीलंकालाई सहयोग गर्ने विभिन्न विषयका बारेमा पनि छलफल भएको जानकारी दिए ।
श्रीलंका अहिले गम्भिर आर्थिक संकटको सामना गरिरहेको छ र त्यहाँ खाद्यान्न, औषधी, खाना पकाउने ग्यास तथा इन्धन जस्ता अत्यावश्यक वस्तुको अभाव देखिएको छ । आवश्यक चिकित्सा आपुर्तिसहित भारत आफ्नो छिमेकी देशलाई निरन्तर रुपमा मदत गर्दै आएको छ र अहिलेसम्म कैयौँ अर्ब डलरको सहायता गरिसकेको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल वाग्लेले ३.३ टन खाद्यान्न लगायतका सामग्रीको हस्तानान्तर गर्नुभयो । भारतका विदेशमन्त्री एस जयशंकरले गत मार्चमा गर्नुभएको कोलम्बो भ्रमणका दौरान श्रीलंकालाई चिकित्सा सामग्रीको आपुर्ति गर्ने प्रतिवद्धता जनाए अनुसार भारतले सो को आपुर्ति गरिसकेको छ । त्यसैगरी मे २७ मा कार्यकारी उच्च आयुक्त बिनोद के जैकबले श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामाबुकबेलालाई २५ टन बराबरको चिकित्सा सामग्री उपलब्ध गराउनु भयो । यसको मूल्य २६० मिलियन छ । श्रीलंकालाई भारतले गर्दै आएको सहयोगको प्रशंसा त संयुक्त राष्ट्रसंघमा चीन र स्वयम् श्रीलंकाको सरकारले पनि गर्दै आएको छ । भारतको प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको छिमेकी पहिलो को नीति अन्तरगत भारतले श्रीलंकालाई आर्थिक तथा मानवीय सहायता प्रदान गर्दै आएको छ ।

सम्बन्धित पोस्टहरू