संतोष रन्जितकार
वीरगंज, ७ असार ।
नापी कार्यालय पर्सा, वीरगंजका एक जना बिचौलिया एक लाख २५ हजार घुसको रकमसहित रंगे हात पक्राउ परेका छन् । निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिदै आएको वीरगंज १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगंजको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गर्न सफल भएका हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आई रहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरेका ले बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई प्रहरी ले रंगेहात पक्राउ पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल ले जानकारी दिए ।
अभियुक्तलाई ठगी कसुरमा कारवाही अगाडी बढाईने प्रबक्ता प्रहरी नायब उपरीक्षक खनाल ले जानकारी दिए । नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेको र उनि मार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको को पर्सा प्रहरीले जनाएको छ ।
4