Home » Blog » सडक विस्तार कार्यका कारण वीरगन्जमा तीन दिन विद्युत् आपूर्ति प्रभावित हुने

सडक विस्तार कार्यका कारण वीरगन्जमा तीन दिन विद्युत् आपूर्ति प्रभावित हुने

Ankushdaily
0 comment 21 views
वीरगन्ज ।
नेपाल विद्युत् प्राधिकरण, वीरगन्ज वितरण केन्द्रले सडक विस्तार तथा मर्मत कार्यका कारण वीरगन्जका विभिन्न क्षेत्रमा आगामी तीन दिनसम्म विद्युत् सेवा प्रभावित हुने जनाएको छ। केन्द्रले एक सूचना जारी गर्दै त्रिभुवन राजपथ अन्तर्गतको सडक मापदण्डअनुसार विस्तार गर्ने कार्य भइरहेकाले वैशाख ६ गतेदेखि ८ गतेसम्म विद्युत् आपूर्ति अनियमित हुन सक्ने जानकारी गराएको हो।
प्राधिकरणका अनुसार नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको राष्ट्रिय राजमार्गलाई दायाँबायाँ २५/२५ मिटरको मापदण्डमा विस्तार गर्ने क्रममा विद्युत् लाइन व्यवस्थापन तथा सडक सीमा संरक्षणको कार्य भइरहेको छ। यसै कारणले वीरगन्ज सबस्टेसनबाट प्रसारण हुने वीरगन्ज १, २, ५ र ६ का साथै राधेमाई, जगरनाथपुर, प्रसौनी, छपकैया र बलिरामपुर फिडरहरूबाट सञ्चालित सम्पूर्ण क्षेत्रको विद्युत् सेवा प्रभावित हुने भएको छ।
मर्मत तथा सुधारका कार्यमा बढी समय लाग्न सक्ने र कतिपय अवस्थामा बिहानैदेखि काम सुचारु गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन सक्ने केन्द्रले स्पष्ट पारेको छ। यद्यपि, तोकिएको समयअगावै मर्मत कार्य सम्पन्न भएको खण्डमा तत्काल विद्युत् लाइन सुचारु गरिने वीरगन्ज वितरण केन्द्रले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.