Home » Blog » सर्वोच्चको फैसलाले कांग्रेसलाई एकताबद्ध बनाउने बाटो खुल्यो : सभापति थापा

सर्वोच्चको फैसलाले कांग्रेसलाई एकताबद्ध बनाउने बाटो खुल्यो : सभापति थापा

Ankushdaily
0 comment 11 views
विरगंज ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको हालैको फैसलाले सिंगो पार्टी पङ्क्तिलाई एकताबद्ध गर्दै सुदृढ कांग्रेस निर्माणको साझा यात्रामा अघि बढ्न मार्गप्रशस्त गरेको बताएका छन्। आफू नेतृत्वको कार्यसमितिलाई अदालतले आधिकारिकता प्रदान गरेसँगै उनले यसलाई कुनै पक्षको हार वा जितको रूपमा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको स्वाभाविक परिणामका रूपमा लिनुपर्नेमा जोड दिएका हुन्।
सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य र शुभेच्छुकहरूलाई आ-आफ्नो स्थानबाट थप जिम्मेवार बन्दै पार्टीको एकता तथा पुनर्जागरणको अभियानमा सकारात्मक भूमिका निर्वाह गर्न आह्वान समेत गरेका छन्। अदालतको फैसलापछि उत्पन्न परिस्थितिमा सिंगो पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकढिक्का बनाएर अघि बढाउने सवालमा, पार्टी प्रमुखको हैसियतले आफ्नो काँधमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण जिम्मेवारी रहेको यथार्थलाई उनले स्पष्ट पारेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.