संतोष रन्जितकार
वीरगंज, ७ असार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले महिला हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र कुम्हालटोलले वीरगंज नगवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा महिला हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसिया रहेका थिए ।
कार्यक्रममा कक्षा ९ र १० मा अध्यनरत रहेका बिद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लले प्रशिक्षण दिएका थिए । महिला हिंसा के हो ? महिला हिंसा कति कारणले हुन्छ ?, यसका हिंसाका किसिमहरु कस्ता हुन्छन ?, थाहा नपाइ हुने हिंसाहरु कस्ता हुन्छन ?, यसले हाम्रो जीवन परिवार, समाज र देशमा पुर्याउने नकारात्मक असरहरु, यो गरे बापतको सजाय जस्ता सम्बन्धमा वृतचित्र प्रदर्शन गरि बृहत् रुपमा सन्देशहरु प्रदान गर्नुभएको थियो ।
यस्ता हिंसाले हाम्रो जिवनमा शारीरिक एवम मानसिक बिकासमा निकै डरलाग्दो किसिमले अवरोधकको कार्य गर्दै मानिस, परिवार, समाजमा र देशको बिकासमा नै निकै गम्भीर असर पार्ने भएकोले यसलाइ सबै मिली न्यूनीकरण एवम निर्मुल पार्नु पर्दछ भन्ने कुरामा जोड दिएका थिए । उनले यो महिला हिंसा घर परिवार विद्यार्थी जिवनदेखि नै शुरु हुने भएकोले यसलाई निर्मुल पार्न विद्यार्थीहरुको पनि निकै नै सहयोगको आवश्यकता रहेको औल्याएका थिए । उनले उपस्थित सम्पुर्ण छात्रछात्रहरुलाइ महिला हिंसा नगर्ने, सोको बिरोध गर्ने र नसके नजिकको प्रहरी वा सम्बन्धित निकायलाइ खबर उजुरी गर्न गराउन समेत जानकारी गराए ।
कार्यक्रममा नगवाका प्रधानाध्यापक गोपाल प्रसाद, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, उपाध्यक्ष सन्ध्या भट्ट कोषाध्यक्ष समझना मल्ल, सचिव श्रावण रायमाझी सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार श्याम केसी, महिला प्रहरी हवल्दार सन्ध्या गौरे, प्रहरी जवान कुमार बिक लगायत शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।
5