सत्येन्द्र प्रताप सिंह
असार १५ ,रौतहट ।
रौतहटको चन्द्रपुरबाट घुमुवा प्रहरी भन्ने एक व्यक्ति लाई पक्राउ गरेका छन् । आवत जावत गर्ने यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउँदै डर धाक धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोलका सुमन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित मेन चौक नजिक रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसलाई रोकी होटेल अगाडी सावर्जनिक बाटोमा उपस्थित मानिसहरुलाई म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुख हैरानी दिँदै आएका थिए ।
ई.प्र.का. चन्द्रपुरमा सुचना प्राप्त हुनासाथ तत्काल त्यस कार्यालयबाट खटेका प्रहरी टोलीले बस्नेत संग सोधपुछ गर्दा आफ्नो नाम, थर, वतन जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा.नं.०९ सिन्धुरेघारी निवाशी लिला बहादुर बस्नेतको छोरा ३२ बर्षिय सुमन बस्नेत बताउने व्यक्तीलाई तत्कालै नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यबहार शिर्षका मुद्दामा ६ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।