Home » Blog » बिधुत प्राधिकरण वितरण केन्द्र गौरद्वारा ५ करोडभन्दा बढी बक्यौता रकम असुल

बिधुत प्राधिकरण वितरण केन्द्र गौरद्वारा ५ करोडभन्दा बढी बक्यौता रकम असुल

अंकुश दैनिक
0 comment 9 views

सत्येन्द्र प्रताप सिंह,
असार १६, रौतहट ।
जिल्लाको सदरमुकाम गौरमा रहेको नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले असार १५ गते सम्ममा कालोसूचीमा रहेका ग्राहकहरुबाट ५ करोड रुपैयाँ भन्दा बढी बक्यौता रकम असुल गरेको हो ।

गौर शाखाले लामो समयसम्म महसुल भुक्तानी बाँकी राखेका कालोसूचीमा रहेका १ हजार ५ सय ८४ ग्राहकको लाइन काटेर ५ करोड २१ लाख ९७ हजार १ सय १५ रुपैयाँ बक्यौता रकम असुल गरेको गौर शाखाका प्रमुख इन्जिनियर विजय महतोले बताएका छन् । लाइन काटिएका मध्ये १ हजार ४ सय ५ जनाले पुनः लाइन सुचारु गरी सो रकम असुल भएको उनले बताएका छन् ।
यसै गरी १५ असारसम्ममा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा गौर शाखाले ७५ लाख ४ सय ८ रुपैयाँ समेत असुल गरेको छ । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्ने विरुद्ध प्राधिकरणले कारबाही गरेको महतोले बताए । शाखाले प्रहरीको सहयोगमा विद्युत् चुहावट गर्ने २ सय ५० जनालाई पक्राउ गरी कारबाही समेत गरेको छ । मिटर भए पनि विद्युत् चोर्ने १७२ जनालाई कारबाही गरेको महतोले बताए । चुहावट गर्ने व्यक्तिहरुको साथबाट पानी तान्ने मोटर लगायतका विभिन्न विद्युतीय उपकरण लगायतका तारहरु बरामद गरेको उनले बताएका छन् ।
लाइन काटेर पुनः जडान वापतको सेवा शुल्कबाट ८ लाख ७० हजार २ सय ७३ रुपैयाँ संकलन भएको प्रमुख महतोले अंकुशलाई बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.