8
काठमाडौं ।
द्वैद्ध नागरिकताधारी सुनसरीका व्यापारी रमेशकुमार शर्मा पक्राउ परेका छन् ।
झुटो विवरण पेस गरी नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सुनसरी इनरुवा-१ बस्ने ५२ वर्षीय रमेशकुमार शर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका शर्माको नेपालको नागरिकता नम्बर ७८१७र००३ रहेको छ । शर्माले अहिलेसम्म भारतको नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५३७ रहेका शर्माको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा पनि घर रहेको छ ।