34
वीरगञ्जस्थित प्रतिष्ठित शैक्षिक संस्था गौतम माध्यमिक विद्यालयले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आफ्नो संस्थाविरुद्ध भइरहेको भ्रामक तथा एकपक्षीय प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले एक सार्वजनिक वक्तव्य जारी गर्दै अघिल्लो शैक्षिक सत्रको बाँकी शुल्क भुक्तानी गर्न अभिभावकलाई गरिएको विनम्र आग्रहलाई तोडमोड गरी संस्थाको प्रतिष्ठामाथि योजनाबद्ध प्रहार गरिएको दाबी गरेको छ। यसै विषयलाई लिएर शान्ति क्षेत्र घोषित विद्यालयका प्रिन्सिपलको कार्यकक्षमै समूह बनाई प्रवेश गर्ने र अमर्यादित गतिविधि गर्ने अनाधिकृत व्यक्तिहरूको कार्य निन्दनीय भएको र यसले सभ्य समाजको प्रतिनिधित्व नगर्ने विद्यालयले प्रस्ट पारेको छ।

