Home » Blog » न्यायाधिश अर्यालद्वारा न्यायिक समितिको अनुगमन

न्यायाधिश अर्यालद्वारा न्यायिक समितिको अनुगमन

अंकुश दैनिक
0 comments 13 views

संतोष रन्जितकार
वीरगंज, १७ असार ।
वीरगंज महानगरपालिकाका न्यायीक समितिको निरिक्षण पर्सा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश बिष्णु प्रसाद अर्यालले काम कार्वाहीको निरीक्षण गरेका छन् । बिरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक इम्तियाज आलमले माननीय न्यायाधिश अर्याललाई फुलमाला अबिर तथा खादा लगाई सम्मान तथा स्वागत गरेका हुन् ।
निरीक्षणको क्रममा माननीय न्यायाधीश बिष्णु प्रसाद अर्यालले न्यायीक समितिमा दर्ता भएको उजुरीहरु र उजुरी माथी समितिले गरेको सम्पादन गरेको न्यायीक कार्वाही र किनाराका सम्बन्धमा कार्य बिधिगत प्रक्रियाको निरीक्षण गरि आवस्यक सुझाव समेत दिनु भयो ।
उक्त कार्यक्रममा पर्सा जिल्ला अदालतका शाखा अधिकृत सुर्य बहादुर राणा, नायब सुब्बा दिपक पौडेल, बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुर, बिरगंज महानगपालिकाका न्यायिक समिति सचिवालय उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू