Home » Blog » देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

अंकुश दैनिक
0 comments 33 views

एजेन्सि ।

आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राजापाक्षे मङ्गलवार राती मालदिभ्स भागेको बताइएको छ ।

गोटाबाया राजापाक्षेले राजीनामा दिनुअघि आफूलाई देश छाड्न दिनु पर्ने सर्त राखेका थिए । उनी सैनिक विमान चढेर भागेका छन् ।

१३९ दिनको विरोधपछि राजापाक्षेले पनि राजीनामा दिएका छन् । उनको राजीनामाको घोषणा आज संसदमा हुने र त्यससँगै अन्तरिम राष्ट्रपतिको नाम पनि घोषणा गरिनेछ ।

राजापाक्षेले हिजो राती आफ्नो राजीनामामा हस्ताक्षर गरी वरिष्ठ अधिकारीलाई बुझाएका थिए। उक्त पत्र  आज संसदका सभामुख महिन्दा यापा अभयवर्धनेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

गोटाबाया जुलाई ८ देखि कोलम्बोमा देखिएका थिएनन् ।

गोटाबाया राजपाक्षे श्रीलङ्का छोडेर अमेरिका भाग्न चाहन्थे तर अमेरिकाले उनलाई भिसा दिएन । राजापाक्षेसँग श्रीलङ्का र अमेरिकाको दोहोरो नागरिकता थियो, तर २०१९ को राष्ट्रपतीय निर्वाचनअघि उनले अमेरिकी नागरिकता त्यागेका थिए ।

सम्बन्धित पोस्टहरू