5
नयाँ दिल्ली ।
भारतको गुजरात राज्यमा झोलुङगे पुल भत्किँदा सय भन्दा बढीकाे मृत्यु भएको छ। स्थानीय मोर्बी नगरस्थित मच्चु नदीमाथि रहको पुल भाँचिदा सयौँ मानिसहरू नदीमा खसेका थिए।
उक्त पुल मर्मतसम्भार गरी पुनः संचालनमा ल्याइएको केहीमा दिनमै यो घटना घटेको हो। भिडियो फुटेजमा पुल भाँचिएपछि मानिसहरू त्यसमा झुण्डिएको देख्न सकिन्छ।
घटनाको समयमा पुलमा ४ सय जनासम्म मानिस भएको समाचारमा जनाइएको छ। गुजरात राज्यका मन्त्री बृजेश मिर्जाले ८० जनाभन्दा बढी मानिसको जीवितै उद्दार गरिएको बताएका छन्।