Home » Blog » आचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउने : नेता कोईराला

आचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउने : नेता कोईराला

अंकुश दैनिक
0 comment 7 views

बिजय चौहान
वीरगन्ज,  भदौं ।
स्थानिय तह तेस्रो चरण निर्वाचनको सुरु देखिनै दलहरुबाट प्रचारप्रसारको क्रममा भएका आचारसंहिता उलंघनको घटना प्रति नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले दु:ख व्यक्त गर्नु भएको छ । उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद घटना भएको प्रतिकृया व्यक्त गर्नु भयो । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्साले शुक्रबार वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागि हुनु भएका नेता कोइरालाले संचारकर्मीहरुसंग कुरा गर्दै उहाँले निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डीत गर्ने धारणा व्यक्त गर्नु भएको छ ।
देशका पूर्व प्रधानमन्त्री भएका व्यक्तिबाटै निर्वाचन अचारसंहिता उलंघन हुनु दुखद भएको प्रतिकृया दिदै नेता कोइरालले निर्वाचन अचारसंहित पालनाको विषय नैतिकतासंग जोडिने भएकाले र त्यसको महत्वलाई मतदाताले राम्ररी बुझेका कारण उलंघन कर्तालाई मतदाताले पाठ सिकाएरै छाडने नेताले विश्वास व्यक्त गर्नु भयो ।
दलहरुको सहमतीमै निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पूर्ण पालना नै सबैको हितमा भएको बताउदै नेता कोइरालाले अचारसंहिता उलंघन गर्नेलाई आयोगले न्यायोचित कार्यवाही गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
महानगरपालिकाको वडा नम्बर १,२ र ३ मा भएको घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेसका तर्फबाट महानगरपालिकाको मेयर पदका उम्मेदवार अजय कुमार द्विवेदी, सांसद राजेन्द्र बहादुर अमात्य पार्टीका नगर अध्यक्ष भोला साह कलवार ,पूर्व नगर अध्यक्ष महम्द सहाबुदिन लगायतका उल्लेख्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.