Home » Blog » मधेशको भोट लिएर मधेशीलाई बेच्नेहरुसँग सावधान : केन्द्रिय सदस्य चौरसिया 

मधेशको भोट लिएर मधेशीलाई बेच्नेहरुसँग सावधान : केन्द्रिय सदस्य चौरसिया 

अंकुश दैनिक
0 comment 9 views

वीरगञ्ज ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले मधेशको नाममा भोट लिई सम्पुर्ण मधेशीलाई बेच्ने सँग सावधान रहन आग्रह गर्नुभयो ।
बामपन्थीहरु सँगको रकमी चलखेलमा मधेशलाई नै बेच्ने सुरु देखिकै बानीे परेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीको नाममा भोट लिई पुन: बामपन्थीहरु सँग पैसा लिई मधेशलाई बेचे भने मधेश मात्रै नभई सिँगो देशमै तानाशाही व्यवस्था हाबी हुने खतरा रहेकोले समयमै सचेत हुन समेत नेता चौरसियाले आग्रह गर्नुभयो ।
पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको बहुदरामाई नगरपालिकाको डोकैला बहुवरी तथा वागेश्वरी तित्रौनामा घरदैलो कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेता चौरसियाले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यस घडीमा कसैको रकमी प्रलोभन वा कुनै प्रकारको दबाबमा नपरी ढुक्क भई नेपाली काँग्रेसलाई मतदान गर्न अग्रह गर्नुभयो ।
घरदैलोका क्रममा आम मतदाताहरुले नेपाली काँग्रेसको ईतिहासको बारेमा चर्चा गर्दै नेपालको ईतिहासमा नेपाली काँग्रेसको पहिचान रहेको तर अन्य दलहरु नेपाली काँग्रेसलाई बदनाम गरी आफ्नो स्वार्थ पुरा गर्नमा लागेको तर तिनीहरुको स्वार्थ पुरा हुन नदिनका लागि एकजुट भई काँग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
सो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका उम्मेदवार राजेश्वर साह तेली तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.