Home » Blog » बढ्दो चिसोमा कांग्रेसद्वारा कम्बल बितरण

बढ्दो चिसोमा कांग्रेसद्वारा कम्बल बितरण

अंकुश दैनिक
0 comment 6 views

बीरगंज ८ पुष ।
नेपाली कांग्रेस पर्साले शनिबार बीरगंज माहानगरपालिका वडा नम्बर २८ बगही टोलमा दलित र अशक्तहरुलाई कम्बल वितरण गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता अजय कुमार चौरसिया जिल्ला सभापती अजय कुमार द्धिवेदी एवम् पर्सा क्षेत्र नम्बर २ का नव निर्वाचित बिधायक राजेश्वर साह तेलीले एक कार्यक्रमको बिच बगही टोलमा पुगेर शनिबार दलितहरुलाई कम्बल बितरण गरेका हुन ।
पर्सामा केही दिन देखी अत्याधिक जाडो र शितलहर एक्कासी बढेपछी दलितहरुलाई बीरगंजको बगही टोलमा रहेको दलित बस्तीका जनताहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी कांग्रेसका नेताहरुले ठूलो संख्यामा कम्बल बितरण गरेका थिए । बीरगंज महानगरपालिका २८ बगही टोलका दलितहरुलाई जाडोबाट बच्नका लागी उक्त कम्बल बितरण गरेको कांग्रेसका युवा नेता अजय कुमार चौरसियाले जनाएका छन ।
उक्त कम्बल बितरण कार्यक्रममा नेपाली कांग्रेसका राजु गुप्ता, सरजुग महतो, दलित संघ पर्साका सचिव धिरज पासवान, महाधिवेशन प्रतिनिधी रामकली चमईन लगायतका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.