Home » Blog » रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु, गाडी चालक फरार

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु, गाडी चालक फरार

Ankushdaily
0 comment 101 views
विरगंज ।
रौतहटको ईशनाथ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सवार सवारी साधनको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। रौतहट क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार सगिर आलम चढेको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले ठक्कर दिँदा ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको मृत्यु भएको हो। मृतक बालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्। स्थानीयका अनुसार आफ्नै वडाभित्र भएको उक्त दुर्घटनालगत्तै गाडीमा सवार उम्मेदवार आलम र चालक दुवै घटनास्थलबाट फरार भएका छन्।
प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। दुर्घटनापछि उम्मेदवार र चालक फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको र दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ। आफ्नै बस्तीमा भएको यस दुःखद घटनापछि स्थानीय शोक र आक्रोशमा छन् भने प्रहरीले स्थिति नियन्त्रणमा लिँदै थप अनुसन्धानलाई प्राथमिकता दिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.