Home » Blog » तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु, उद्धार कार्य जारी

तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु, उद्धार कार्य जारी

Ankushdaily
0 comment 13 views
विरगंज ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबहाक बस रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित लिलौटीबाट तामाकोशी नदीमा खस्दा ठूलो दुर्घटना भएको छ।
बा १९७५ नम्बरको उक्त बस सडकबाट सिधै नदीमा खस्दा अहिलेसम्म ५ जनाको ज्यान गएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार मृतकहरूमा गाडीका साहु समेत रहेका छन्।
दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। हालसम्म ३ जना घाइतेलाई जीवितै उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। नदीमा डुबेको बसमा अन्य यात्रुहरू फसेको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको छ। दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.