Home » Blog » राष्ट्रिय जनता पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राष्ट्रिय जनता पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 7 views

वीरगंज, २० जेष्ठ ।  राष्ट्रिय जनता पार्टीले वीरगंजको वडा नम्बर २४ परवानिपुरमा भएको पार्टी प्रबेश तथा निर्वाचन प्रतिकार समिति गठन गरेको छ । सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मिले मनोबल उच्च बनाएर अगाडि बढ्न कार्यकर्तालाइ निर्देशन दिनुभएको छ । मधेस र मधेशी जनताले आप्mनो अधिकार प्राप्त नगरे सम्म संघर्ष जारी रहने भन्दै त्यसका लागि सबैले आ–आप्mनो ठाउ“बाट मनोबल उच्च बनाएर शंघर्षमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाइ संबोधन पार्टीका महासचिब राजेशमान सिंहले तराई मधेसमा बर्षौ“ देखि बसोबास गरेका, तराइ मधेसलाइनै कर्मभुमि बनाएका सबै मधेशी रहेको भन्दै छालाको आधारमा विभेद गर्ने परिपार्टी आप्mनो पार्टीको नरहेको प्रष्ट पार्नु भयो । उहा“ले भन्नू भयो पहाडि समुदायका जात थर भएकाहरु जो बर्षौं देखि यहिं बसेका छन् जसले तराइ मधेसमा नै आप्mनो सम्पूर्ण योगदान खर्च गरेका छन् उनिहरू सबै मधेशी हुन् कसैले दुष्प्रचार गर्दै हि“डे त्यस्तो अन्योलमा नपर्न सबैलाइ आग्रह पनि गर्नु भयो ।
कार्यक्रममा विभिन्न पार्ट परित्याग गरि विकाश पटेल, संजय मंडल, महेश्वर महतो, विशेस्वर प्रसाद कुशबाहा लगायत संयौं जना राजपामा प्रबेस गरेका थिए । नव(प्रबेसिहरुलाइ पार्टीका केन्द्रीय नेताहरूले अबिरमाला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीका अर्का महासचिब कदम रसुल, पर्सा जिल्लाका अध्यक्ष मण्डलका अध्यक्ष प्रेमबाबु पटेल, वकिल मिया“, रामाकान्त महतो, प्रमोद कुमार पटेल, नुरेन मिया“, हरीहर साह, हरिहर तिवारी,मधुसुदन चौरसिया लगायतको उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.