Home » Blog » एमालेको अडानका कारण संविधान संसोधन नभएकोः श्रीवास्तव

एमालेको अडानका कारण संविधान संसोधन नभएकोः श्रीवास्तव

अंकुश दैनिक
0 comment 9 views

वीरगंज, २४ जेष्ठ ,  राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री विमल प्रसाद श्रीवास्तवले एमालेको अडानका कारण संविधान संसोधन हुन नसकेको बताउदै एमालेकै हठका कारण असार १४ मा दोस्रो चरणको निर्वाचन हुन नसक्ने दावी गर्नुभयो ।
वीरगंज महानगरपालिका वडा नं.२२ जगरनाथपुरमा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री श्रीवास्तवले संविधान संसोधन विना स्थानिय तहको दोस्रो चरणको निर्वाचन हुन नसक्ने दावी गर्नुभएको छ । मधेशमा चुनाव भन्दा पनि मधेशी जनताले अधिकार चाहेको बताउदै संसोधन विना चुनाव गराउन खोजे बहिस्कारको लागि तयार रहन आग्रह गर्नुभयो । नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारसंग भएको ३ बु“दे सहमती कार्यवन्यन भए मात्र राजपा निर्वाचनमा सहभागि हुने बताउनुभयो ।
राजपाका नेता जगदिश साह तेलीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस परित्याग गरि जगरनाथपुरका शिवजी ठाकुर , राजा यादव चानसी राउत बरै ,महादेव ठाकुर ,रामबावु चौरसिया ,शम्भु राउत कुर्मी ,दुखी मिया ,जगरनाथ राउत अहिर, अम्बिका साह तेली लगायत २५० जना राजपामा प्रवेश गरेको नेता धामु शर्माले बताउनुभयो ।नव प्रवेशीहरुलाई महामन्त्री विमल प्रसाद श्रीवास्तवले टिका तथा फुलमाला लगाएर पार्टीमा भित्रयाउनुभयो । कार्यक्रममा महासचिव कदम रसुल मिया“ , सचिव सुरेन्द्रनाथ तिवारी , केन्द्रिय सदस्य जनार्दन यादव,शशिकपुर मिया किशोरी यादव ,रम्तुलाह खान, ,देवाननद यादव पर्सा जिल्ला अध्यक्ष मण्डलका संयोजक पुरुषेतम झा, विरेन्द्र यादव मुसतकिम अंसारी जिल्ला सचिव चन्दन मिश्रा लगायतका नेताहरुले संवोधन गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.