अंकुश संवाददाता,
विरगंज ।
भन्सार छलेर नेपाल ल्याइएका झण्डै पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न तथा तरकारी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट भन्सार छलेर ल्याइएको चार लाख ८९ हजार ८५० रुपैयाँ बराबरको खाद्यान्न तथा हरियो तरकारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जनकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले पर्साका विभिन्न स्थानबाट गोलभेडा, कटहर, हरियो खुर्सानी, मैदा, पापडलगायतका सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीको टोलीले नियमित चेक जाँचकोमा वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित सडकखण्डबाट २ लाख ८१ हजार रुपैयाँ बराबरको खुर्सानी ८८९ किलो, गोलभेडा २३५० किलो, कटहर ३५ सय केजी बरामद भएको थापाले जनकारी दिनु भयो
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१, छपकैयाबाट दुई लाख ८ हजार ७९० रुपैयाँ बराबरको मैदा २३ सय केजी, पापड १२८ केजी पनि बरामद भएको छ । प्रहरीले सुरुवाल ६९७ थान पनि फेला परेको जनाएको छ ।
प्रहरीले बरामद गरेको तरकारी तथा खाद्यान्न आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।