Home » Blog » बङ्गलादेशमा आज नयाँ सरकारले शपथ लिने

बङ्गलादेशमा आज नयाँ सरकारले शपथ लिने

Ankushdaily
0 comments 26 views
काठमाडौँ ।
बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् ।
“हामी बिहीबार शपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ,हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, शपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ”, उनले टेलिभिजन ब्रिफिङमा भने ।
युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुखले बताए ।
“उनी यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ”, सेना प्रमुखले भने, “मलाई विश्वास छ, उनले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ ।”

सम्बन्धित पोस्टहरू