Home » Blog » वायनाड उपचुनाव : प्रियंका गान्धीद्वारा उम्मेदवारी दर्ता

वायनाड उपचुनाव : प्रियंका गान्धीद्वारा उम्मेदवारी दर्ता

Ankushdaily
0 comments 20 views
एजेन्सी ।
भारतीय नेशनल कांग्रेसकी महासचिव प्रियंका गान्धीले केरलाको वायनाड लोकसभा सीटको उपचुनावका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।
गत लोकसभा निर्वाचनमा २ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रियंकाका दाजु राहुल गान्धीले छाडेको क्षेत्र केरलको वायनाडबाट प्रियंकालाई उम्मेदवार बनाउने निर्णय कांग्रेस आईले गरेको थियो ।
राहुल गान्धीले ३ लाखभन्दा बढी मतको अन्तरले जितेको सो क्षेत्रमा प्रियंकालाई सहज जितको अनुमान गरिएको छ । प्रियंका पार्टीको राजनीतिमा क्रियाशील रहे पनि सांसदको रुपमा भने पहिलोपटक देखिनेछिन् । उनी आमा सोनिया गान्धीको चुनावी अभियानका क्रममा ९० को दशकबाटै कांग्रेसमा सक्रिय भएकी थिइन् ।
वायनाड सीटको लागि नोभेम्बर १३ मा मतदान हुनेछ र मतगणना नोभेम्बर २३ मा हुनेछ।
प्रियंका गान्धीको मनोनयनका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र अमेठीका सांसद केएल शर्मालगायत ठूला नेताहरु वायनाड पुगेका छन् ।

सम्बन्धित पोस्टहरू