Home » Blog » काश्मीर आक्रमणमा संलग्न ३ आतङ्ककारी मारिए: गृहमन्त्री शाह

काश्मीर आक्रमणमा संलग्न ३ आतङ्ककारी मारिए: गृहमन्त्री शाह

Ankushdaily
0 comment 15 views
एजेन्सी ।
भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय काश्मीरमा हिन्दू पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले मङ्गलबार बताउनुभएको छ । अप्रिल २२ मा भारतीय काश्मीरको लोकप्रिय रिसोर्ट सहरमा २६ जनाको गोली हानी हत्या भएको तीन महिनाभन्दा बढी समयपछि सोमबार सैन्य कारबाहीमा भारी हतियारधारी ती मानिस मारिएका थिए ।
“म संसद्लाई भन्न चाहन्छु कि बैसरनमा आक्रमण गर्नेहरू तीन आतङ्कवादी थिए र तीनैजना मारिएका छन्”, उहाँले भन्नुभयो । शाहले मारिएका तीनमध्ये दुईजना पाकिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी समूह लश्कर–ए–तैयबाका सदस्यका रूपमा पहिचान गर्नुभएको छ । “भारतीय सुरक्षा निकायहरूसँग आक्रमणमा उनीहरूको संलग्नताको विस्तृत प्रमाण छ”, उहाँले संसद्को तल्लो सदन (लोकसभा) मा भन्नुभयो । सोमबारको अपरेसन विवादित क्षेत्रको मुख्य सहर श्रीनगरबाट करिब ३० किलोमिटर (१८ माइल) टाढाको दाचिगामको पहाडमा भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ । अप्रिलमा भएको आक्रमणमा पहलगाम नजिकैको जङ्गलबाट बन्दुकधारीहरू बाहिर निस्केर आगन्तुकहरूको भीडमाथि स्वचालित हतियारहरूले गोलीबारी गरेका थिए । मारिएका सबै व्यक्ति नेपालका एक जना बाहेक भारतका बासिन्दाका रूपमा सूचीबद्ध थिए ।
भारतले पाकिस्तानलाई आक्रमणकारीहरूलाई समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको थियो । जसले गर्दा मे महिनामा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच चार दिनको तीव्र द्वन्द्व हुँदा दुवै पक्षका ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्ने भारत पाकिस्तानले यसको नियन्त्रणलाई लिएर दुई युद्ध र धेरै द्वन्द्व लडेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.