Home » Blog » दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक कार्यक्रममा थप्पड प्रहार

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक कार्यक्रममा थप्पड प्रहार

Ankushdaily
0 comment 25 views
काठमाडौ ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान सार्वजनिक सुनुवाइ कार्यक्रमकै बीचमा आक्रमण भएको छ। घटना घट्दा सभामुख र सहभागीहरू एकछिन स्तब्ध बनेका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सार्वजनिक सुनुवाइका क्रममा एक ३५ वर्षीय पुरुष अगाडि बढेर मुख्यमन्त्रीलाई केही कागजात बुझाए। कागज हेरेपछि सानो भनाभन चर्किँदै गएपछि उनले अचानक मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार गरेका थिए।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सक्सेनाले घटनाबारे प्रतिक्रिया दिँदै भने,
“आरोपी व्यक्तिले मुख्यमन्त्रीको हात तानेका थिए। त्यस क्रममा उनको टाउको टेबलको कुनामा ठोक्किएको छ। थप्पड प्रहार हुनु नै गलत हो, यो निन्दनीय घटना हो।”
मुख्यमन्त्री कार्यालयको प्रतिक्रिया
दिल्ली मुख्यमन्त्री कार्यालयले पनि घटनाको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ,
“आज सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरे। आरोपीलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।”
सुरक्षा व्यवस्थामाथि प्रश्न
सार्वजनिक सुनुवाइ कार्यक्रममै मुख्यमन्त्रीमाथि आक्रमण हुनुले दिल्लीमा सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरेको छ। यस्तो संवेदनशील कार्यक्रममा पनि आक्रमण हुन सक्नु गम्भीर लापरबाही भएको भन्दै विपक्षी दलले आलोचना गरेका छन्।
पक्राउ परेका आरोपीको पहिचान सार्वजनिक गरिएको छैन। तर, दिल्ली प्रहरीले उनीसँग आक्रमणको कारणबारे सोधपुछ भइरहेको जनाएको छ। प्रारम्भिक चरणमा आक्रोश वा व्यक्तिगत असन्तुष्टिका कारण घटना भएको अनुमान गरिए पनि विस्तृत कारण खुलेको छैन।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.