Home » Blog » आजदेखि अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार कर लागू गर्‍यो

आजदेखि अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार कर लागू गर्‍यो

Ankushdaily
0 comment 21 views
एजेन्सि ।
अमेरिकाले भारतमाथि थप २५ प्रतिशत भन्सार कर लगाउने निर्णय गरी आजदेखि कार्यान्वयनमा ल्याएको छ । भारतीय समयअनुसार बिहान ९:३० बजेदेखि लागू भएको यो नीतिअनुसार अब भारतीय सामानमा कुल ५० प्रतिशत भन्सार कर तिर्नुपर्नेछ ।
अमेरिकी सूचनामा भनिएको छ, “२०२५ अगस्ट २७ मा वा त्यसपछि प्रयोगका लागि आयात हुने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय वस्तुमा बढेको कर दर लागू हुनेछ।”
यसअघि भारतमाथि २५ प्रतिशत भन्सार कर लागू थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरी अप्रत्यक्ष रूपमा युक्रेन युद्धमा सहयोग गरिरहेको आरोप लगाउँदै भन्सार कर बढाउने निर्णय लिएका हुन् ।
भारतले भने ट्रम्पको कदमलाई ‘अनुचित’ र ‘तर्कहीन’ भन्दै आपत्ति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि अप्रिल २०२५ मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर, उक्त निर्णय ९० दिनका लागि स्थगित गरिएको थियो । त्यसपछि जुलाईमा उनले अगस्ट १ देखि २५ प्रतिशत कर लागू गर्ने घोषणा गरे भने, भदौ १० (२५ अगस्ट) मा थप २५ प्रतिशत कर लगाउने निर्णय गर्दै कुल भन्सार दर ५० प्रतिशत पुर्‍याएका हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.