Home » Blog » दलित मुसहर बस्तीमा कम्बल बितरण

दलित मुसहर बस्तीमा कम्बल बितरण

अंकुश दैनिक
0 comment 16 views

वीरगंज, ८ माघ ।
पर्सा जिल्ला बेल्वा गाविसको वडा नं.१ दलित मुसहर बस्तीमा ६५ थान न्यानो कम्बल बितरण गरिएको छ । नेपाली कांग्रेस पर्साका पूर्व सभापति एवं पूर्व सभासद अजय कुमार द्विवेदीले जाडोले कठ्यांग्रिएका दलित असहाय मुसहर समुदायलाई सो कम्बल बितरण गर्नु भएको हो ।
नेपाली कांग्रेस बेल्वा गाविस बुथ कमिटिका अध्यक्ष अनुरुद दहैत थारुको सभापतित्वमा सम्पन्न कम्बल बितरण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी डा. भगवान प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला विकास समिति पर्साका उपसभापति जोखन दास थारु, महासमिति सदस्य श्याम पटेल, नेपाली कँंग्रेस क्षेत्र नं.२ का क्षेत्रिय सभापति अरबिन्द गुप्ता लगायत नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । कम्बल बितरण कार्यक्रममा स्थानीय डा“फे युवा क्लबले सहयोगी भुमिका निर्वाह गरेको थियो भने कार्यक्रम सहजीकरण हरि प्रसाद यादवले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.